कालिका

चितवन पदमपुरको लंकालाइनमा खुल्यो कोरियन रेष्टुराँ, शुभारम्भमा २५ प्रतिशत छुट

Banner

चितवन,बैशाख ८-

चितवनको पदमपुर छेउको लंका लाइनमा रहेको मुनाल एण्ड मयुर रिसोर्टमा खुलेको समिटर कोरियन रेष्टुराँले शुभारम्भका अवसरमा खानामा २५ प्रतिशत छुट दिन सुरु गरेको छ। मंगलबार कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले रेष्टुराँ शुभारम्भ गरेसँगै वैशाख १३ गतेसम्म छुट व्यवस्था गरिएको हो। ग्राहकको सम्मानका लागि छुट व्यवस्था गरिएको रेष्टुराँले जनाएको छ। ‘कोरियन परिकारमा विशेषतः युवा समुदायको आकर्षण बढ्दो छ’, रिसोर्टका सञ्चालक लाक्पाढुण्डुप लामाले भने, ‘सबै उमेर समूहका नेपालीका लागि हामीले कोरियन खाना पस्केका हौं।’

भरतपुरस्थित बाइपास रोडको विशाल चोकबाट ६.५ किलोमिटर दूरीमा खुलेको रेष्टुराँमा सामगेपसाल, विविम बाप, बुल गोगीसहितका परिकार पाइन्छ। साथै कोरियाको परम्परागत रक्सी सोजु र छ्याङ पनि पाइन्छ। पर्यटनकर्मीहरू लाक्पाढुण्डुप लामा, राजिन्द्र महतो र सुशिल चौधरीले सञ्चालन गरेको रिसोर्टमा कोरियन परिकारका साथमा नेपाली, चिनियाँ र कन्टिनेन्टल परिकार पनि पाइन्छ।

‘नयाँ नयाँ परिकारसहितका रेष्टुराँ खुल्नु खुसीको कुरा हो’, रेष्टुराँको उद्घाटनपछि मेयर श्रेष्ठले भने, ‘हामीले यसैगरि पर्यटनमा नयाँ आयाम थप्दै जानुपर्छ।’ ठमेल, काठमाडौंमा करिब तीन दशकदेखि कोरियन रेष्टुराँ चलाउँदै आएका खाना विशेषज्ञ विजय योञ्जनबाट प्रशिक्षित भान्छेहरूबाट यहाँ खाना पकाउने गरिएको रेष्टुराँको दाबी छ।

रिसोर्टमा हिमाली परिकारहरू याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह, फापरको ढिंडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी, फलफुलको जुसलगायत परिकार पनि पाइने लामाले जानकारी गराए। विगतमा आपा रिसोर्टका नाउँमा सञ्चालन हुँदै आएको यस रिसोर्टलाई हिमाल र तराई जोड्ने सेतुका रुपमा नयाँ ढंगले ब्राण्डिङ गरेर ‘मुनाल एन्ड मयुर रिसोर्ट’ बनाइएको हो। रिसोर्टमा ९० पर्यटकीय कोठा निर्माणाधिन अबस्थामा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>