खैरहनी

चितवनको खैरहनी नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

Banner

चितवन,बैशाख २-

चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो ।

यस अघि खैरहनी ६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी,वडा नम्वर १० मा कठार स्वास्थ्य चौकी ,वडा नम्वर २ मा चैनपुर स्वास्थ्य चौकी,वडा नम्वर १२ मा कुमरोज स्वास्थ्य चौकी र वडा नम्वर १३ मा नगर स्वास्थ्य क्लिनिक र वाँकी रहेका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । खैरहनीको वडा नम्वर १,३,४,५,७,८,९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरि सेवा प्रवाह सुरु गरिएको अधिकारीले जानकारी दिए ।

यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयले अव आफ्नै स्वस्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव,अनमि र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको छ । वडा नम्वर ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट,स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पुजा गिरीले वताईन् । केन्द्रबाट परामर्ससहित विरामीको आवश्यकता अनुसार निशुल्क औषधी वितरण समेत हुने गिरीले वताईन् । आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन सुरु गरेका छन् । खैरहनी १ ,४ , ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नम्वर ७ ले विद्यालयको भवन र ११ ले क्लवको भवनमा केन्द्र स्थापना गरि सेवा प्रवाह सुरु गरेका छन् ।

वडा नम्वर ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीबाट वडावासीले सेवा पाउनेछन् भने वडा नम्वर ३,९ मा नगरपालिकालेनै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले वताए । स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो नगर प्रमुख चौधरीले भने – आधारभूत स्वास्थ्य सेवाबाट अव नगरवासी बन्चित हुनुपर्दैन्,आफ्नै ठाउँबाट सेवा पाउँनेछन् । आफ्नो भवन नभएका स्वास्थ्यकेन्द्रह रुको अर्को वर्ष भवन निर्माण हुने चौधरीले वताए । खैरहनीमा १५ शैयाको अस्पताल समेत निर्माणको प्रक्रियामा रहेको छ । हाल प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी रहेको जग्गामै अस्पताल निर्माण हुनेछ । अस्पताल भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>