चितवन विशेष
चितवनका दुई व्यवसायीलाई राष्ट्रपति भण्डारीबाट जनसेवा श्री पदक प्रदान
०

चितवन, वैशाख १
चितवनका दुई व्यवसायीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जनसेवा श्री पदक प्रदान गरेकी छन् ।
लामो समयदेखि चितवनमा रहेर समाजसेवा र उद्यममा संलग्न उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ र अर्का व्यवसायी रामप्रसाद सुवेदीले सो पदक प्राप्त गरेका हुन् ।
श्रेष्ठले निरन्तररुपमा उद्योग वाणिज्य संघ चितवनको सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै निजी क्षेत्रको व्यवासायिक हकहित र सेवामा काम गरिरहेका छन् । त्यसैगरी अर्का व्यवसायी सुवेदी राम मिठान्न भण्डारका सञ्चालक हुन् भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष पनि हुन् । दुवैले समाजसेवामा पनि अग्रणी भूमिका खेलिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























