समाज
हावाहुरीले रुख ढल्दा च्यापिएपछि….
०

पोखरा,बैशाख १-
पोखरामा वर्षासहित चलेको हावाहुरीले रुख ढल्दा एक जना घाइते भएका छन् । मंगलबार साँझ ४ बजेपछि चलेको हावाहुरीले फूलबारीस्थित आर्मी ब्यारेकको गेट नजिकको रुख ढल्दा च्यापिएर धनबहादुर लामा घाइते भएका हुन् ।
घाइते भएका पोखरा १२ चापापानीका ५१ वर्षीय लामाको रानीपौवास्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनको टाउको र छातीमा गम्भीर चोट लागेपनि खतरामुक्त रहेको डिएसपी हमालले बताए । रुख ढल्दा त्यस ठाउँमा आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ । रुख ढलेपछि लामो समय महेन्द्र पुल रानीपौवा सडक अवरुद्ध भएको थियो ।
नेपाली सेना र नेपाल प्रहरीले ढलेको रुख पन्छाएर सडक सुचारु गरेको थियो । हावाहुरी र चट्याङका कारण पोखरामा करिब ५ घण्टा विद्युत सेवा अवरुद्ध बनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























