Breaking News

समयमै निश्पक्ष महाधिवेशन हुनुपर्छः काँग्रेस नेता सिंह

Banner

चितवन, चैत ३१–

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समयमै निश्पक्ष तवरले पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन् । आज (मंगलबार) भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता सिंहले समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको भन्दै धाँधलीरहित निश्पक्ष तवरले हुनुपर्नेमा जोड दिए । ‘काँग्रेस प्रजातान्त्रिक पार्टी हो, धाधलीपूर्ण तवरले, कब्जा गर्ने तवरले कसैले गर्छ भने कहाँबाट महाधिवेशन हुन्छ’–नेता सिंहले भने ।

उनले विधितवर रुपले सबैलाई मिलाएर पार्टी महाधिवेशनमा जानुको विकल्प नरहेको बताए । यस्तै फरक प्रशंगमा नेता सिंहले नेपाली जनताले काँग्रेसलाई प्रतिपक्ष भएर बस्न म्यान्डेड दिएपनि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने बताए । अनैतिक, असंवैधानिक ओली नेतृत्वको सरकारको विकल्पको रुपमा काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए । ‘अनैतिक, असंवैधानिक सरकार हटाउन माओवादी र जनता समाजवादीसंग मिलेर अघि बढ्नुपर्छ’–नेता सिंहले भने । उनले अस्थिर राजनीतिलाई स्थिर बनाउन र समयमै बजेट प्रस्तुत गरी देशलाई निर्वाचन तिर लैजान पनि ओली सरकारको विकल्प खोज्नु परेको बताए ।

उनले वर्तमान केपी ओली नेतृत्वको सरकार असक्षम सरकारको रुपमा रहेको आरोप लगाए । ‘ओली सरकारले न सुसान दिन सक्यो, न भ्रष्टचार रोक्न सक्यो, न विकास निर्माणका कामहरु अगाडि बढाउन सक्यो’ नेता सिंहले भने ‘विकास बजेट समेत खर्च गर्न नसक्ने असक्षम सरकार नैतिकता विहिनको सरकार हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>