समाज
नयाँ बसपार्कको होटेलमा स्याङ्जाका युवक मृत भेटिए,२ जना पक्राउ
०

काठमाडौं,चैत २९-
काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























