चितवन विशेष

पुजीवादी संसदीय व्यवस्थाको विरोधमा चितवनमा प्रदर्शन

Banner

चितवन, चैत २८ –

वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान आज चितवनमा पनि आईपुगेको छ ।

दलाल पुजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं, वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं भन्ने नारासहित युवा जागरण चितवन आईपुगेको हो ।

चैत २१ गते दोधारा चाँदनीमा सुरु भएको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरी गाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै आज चितवनमा चौबिसकोठीबाट बाइक र्‍याली सुरु गरिएको थियो । चौबिसकोठीबाट सुरु भएको र्‍याली हाकिम चोक, पारस बसपार्क, मालपोत चोक हुँदै रिङरोड परिक्रमा र्‍याली पुलचोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा वैज्ञानिक समाजवादी युवा लिगका केन्द्रीय महासचिव श्याम कुँवर रहेका थिए ।

कुँवरले दलाल संसदीय पुजीवादको विरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प भएको र यससम्बन्धि जागरण फैलाउन यो अभियान आयोजना गरिएको जानकारी दिए । केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्माले देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रको जरो दलाल संसदीय पुजीवादी व्यवस्था भएको र यसको समूल अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्ने बताए । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विजय विश्वकर्माले कार्यक्रम संचालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>