अन्तर्राष्ट्रिय
अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए
०

काबुल, चैत २५ –
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।
अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ ।
हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए । रासस–सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























