देश/प्रदेश

गोलबजार घटनाः गणेशको मृत्युबारे छानबिन गर्न गठित समिति फिल्डमा

Banner

सिरहा, १९ साउन –

सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित छानबिन समितिले काम थालेको छ ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा आएको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो ।

छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो । मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट गरेको छ ।

घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख शाहीले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>