खेलकुद

 इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसको बराबरी

Banner

एजेन्सी,चैत २४-

 इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा एभर्टन र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा खेलको ५६औँ मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।बराबरीसँगै एभर्टन २९ खेलमा ४७ अंक जोड्दै लिगको आठौं स्थानमा रहेको छ । क्रिस्टल ३० खेलमा ३८ अंकसहित १२औँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>