खेलकुद

फ्रेन्च लिग वान फुटबलमा पीएजसी लीलसँग १-० पराजित

Banner

एजेन्सी,चैत २२ –

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लीलसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी लीलसँग १-० गोलले पराजित भएको हो । पीएसजीको मैदानमा लीललाई जित दिलाउन जोनाथन डेभिडले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको ९०औँ मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

यस्तै इन्जुरी समयमा लीलका थियागोले पनि दोहोरो पहेलो कार्डसहित रातो कार्डसहित रातो कार्ड पाएका थिए । जितसँगै लीलले लिगमा ३ अंकको अग्रता बनाएको छ । लीलले ३१ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>