चितवन विशेष
अनेरास्ववियु र युवासंघ चितवनको नाममा समानान्तर भेला आयोजना नगर्न चेतावनी
चितवन, २०
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी चितवनले अनेरास्ववियुको नाममा समानान्तर भेला नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दे समानान्तर भेला गरेमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
आचार्यले विज्ञप्तिमार्फत भनेका छन् ‘भोलि २०७७ साल चैत्र २१ गते, यस संगठनको झण्डा र नामको दुरुपयोग गरी अनेरास्ववियु चितवनको नाममा समानान्तर भेला आयोजना गरिएको सुनिन आएकाले यस्ता प्रकारका अवाञ्छित गतिबिधि तथा भेला गरे गराएमा संगठनको विधि, विधानअनुसार अनुशासनको कारबाही हुन कुरा यसै विज्ञप्तिमार्फत चेतावनी गर्दछौं ।’
राष्ट्रिय युवा संघको पनि उही आग्रह
यस्तै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनका संयोजक सुशिल केसीले एक विज्ञप्ति जारी गर्दै युवासंघका नाममा समानान्तर भेला नगर्न आग्रह गरेका छन् ।
यस्तै भोलि शनिबार नेकपा एमालेका नेता स्वर्गीय जेपी भेटवालको तेश्रो स्मृति सभामा सहभागी हुन अनेरास्ववियु र युवा संघ चितवनले सबैलाई आग्रह गरेको छ । स्मृति सभामा परराष्ट्रमन्त्री एवम् नेकपा एमाले प्रव्रक्ता प्रदिप ज्ञवालीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।



























