चितवन विशेष

रत्ननगरको मोहना माविमा कक्षा कटौतीको विरोध गर्दै ज्ञापनपत्र

Banner

चितवन, चैत १८-

चितवनको रत्ननगरमा रहेको मोहना माविका विषयमा रत्ननगर नगरपालिकाले गरेको निर्णयको विरुद्धमा स्थानीय आन्दोलित भएका छन् ।

नगरपालिकाले विद्यालयमा विद्यार्थी कम भएको भन्दै कक्षा कटौतीको निर्णय गरेको थियो ।

बुधबार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षाप्रेमी, राजनीतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

नगरपालिकाले एक हप्ता भित्र निर्णय फिर्ता नगरे अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्थानीयले बताएका छन् । स्थानीयको तर्फबाट मेघनाथ पौडेलले र विधालय व्यवस्थापन समितिको तर्फबाट विष्णुहरि देवकोटाले ज्ञापनपत्र वाचन गर्दै प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई बुझाएका थिए ।

नगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्थानीयको माग र ज्ञापनपत्र नगर शिक्षा समिति र नगर कार्यपालिका बैठकमा पेस गर्ने बताए ।

विधालयमा प्रर्याप्त मात्रामा विधार्थी रहेको अवस्थामा नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौती गर्ने निर्णय गरेको भन्दै केही दिनदेखि स्थानीय आन्दोलित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>