Breaking News

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको आदेश

Banner

नवलपुर, १६ चैत
जिल्ला अदालत, नवलपरासीले सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन भनेको छ ।

मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका उनलाई चन्द्रकान्त राउत भनेर चिनिने उनलाई अदालतले हाजिर हुन भनेको हो ।

राउतविरुद्ध मुलुकी फौजदारी संहिता, राज्यविरुद्धको संगठित अपराध अन्तरगत दफा ४९ को नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, खण्डता वा राष्ट्रिय एकतामा खलल पारेको अभियोग लगाइएको छ ।

अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने भनिएको छ । राउतसँगै यो मुद्दामा कृष्ण यादव र कैलाश महतो प्रतिवादी थिए ।

न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>