चितवन विशेष
तीन राउण्ड गोलीसहित तीन जना युवा चितवन प्रहरीको नियन्त्रणमा
०

चितवन, चैत १५
तीन राउण्ड गोलीसहित तीन जना युवालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले सवारी चेकजाँचका क्रममका चालकको झोलामा गोली भेटिएको जनाए ।
चालक रत्ननगर नगरपालिका– १२ निवासी २० वर्षीय निर्मल बुढामगर रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर– ११ भोजाडबाट उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान चलिरहेको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























