कालिका

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा चितवनमा प्रथम कालिका गोल्डकप हुँदै

Banner

चितवन, चैत १५
प्रथम कालिका गोल्डकप हुने भएको छ । चैत्र २१ गतेबाट कालिका ४ को क्याम्पस खेल मैदानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रहेको स्पोर्ट्स एकेडेमीका अध्यक्ष पुर्ण चौधरीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीलाई बाई साइकलको समेत व्यवस्था गरिएको छ ।

मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरपालिकाले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>