चितवन विशेष

अनाधिकृत पहुँच पुर्‍याई दिने भन्दै ठगी गर्ने चितवनका एक युवक पक्राउ

Banner

चितवन, चैत १५ –

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवनको एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका १ स्थित निपनी चोकका २१ वर्षीय विनेश महतो रहेका छन् ।

महतोले सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई दिने भन्दै मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याईएको प्रहरी कार्यालय टाँडीले जनाएको छ । प्रहरीका अनुसार महतोले पिडितसंग ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भन्दै ठगी गरेको थियो ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा महतोलाई पक्राउ गरेको हो ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>