चितवन विशेष
चितवनमा बन्धुराज न्यौपाने स्मृति ग्रन्थ विमोचन

चितवन, चैत १५-
सामाजिक एवम् राजनीतिक व्यक्तित्व रामहरि न्यौपानेका पिताको सम्झनामा लिखित बन्धुराज न्यौपाने स्मृति ग्रन्थको आज विमोचन गरिएको छ ।
न्यौपाने कल्याण समाजले भरतपुरमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा समाजका अध्यक्षसमेत रहेका रामहरि न्यौपानेले माता पिताले यस भौतिक संसारबाट विलिन भएपछि अप्ठ्यारो अवस्थामा एक्लो महसुस हुने गरेको बताए । उनले भने,‘जब जब अप्ठ्याराहरुमा पर्छु, एक्लो हुन्छु, आमा बुबा साथै हुनुहुन्छ जस्तो लाग्छ ।’
‘जीवन भ्रम र मृत्यु सत्य रहेछ सम्झना भने कहिल्यै नमर्ने गरी छातीमा गडेर बस्दो रहेछ’ उनले बताए । कार्यक्रममा राष्ट्रिय वंशावली व्यवस्थापन समितिका संयोजक बामनप्रसाद न्यौपाने, सहसंयोजक खगुपति न्यौपाने, संस्थाका अध्यक्षहरु, न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपाने र न्यौपाने बंश समाजका अध्यक्ष मेघनाथ न्यौपानेको समिति साथै भीमबहादुर न्यौपानेको सहभागिता रहेको थियो ।
कार्यक्रमका अतिथिहरुले स्वर्गीय बन्धुराज न्यौपानेले समाजमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रकट गरेका थिए । छोरा रामहरिले बाबुआमाको निधनपश्चात स्मृति ग्रन्थ निकालेर बाबुको इतिहासलाई जीवित राख्न सफल भएकोमा सबैले बधाइसमेत दिएका थिए ।

























