चितवन विशेष
तारापुञ्ज रिसोर्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न
०

चितवन, चैत १४
तारापुञ्ज रिसोर्ट प्रालि भरतपुर– ७ ले प्रथम वार्षिक साधारण सभा मनाएको छ ।
आज रिसोर्टमा सम्पन्न साधारण सभामा रिसोर्टका अध्यक्ष सुदिप रेग्मीले वार्षिक प्रतिवेदन पेस गरेका थिए । रिसोर्टका आर्थिक विभाग प्रमुख निरज पन्तले वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
साधारण सभामा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि दावा दोर्जे लामा, बागमती प्रदेश सभा सदस्य बिजय सुवेदी, बागमती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठ, नेप्सुनका उपाध्यक्ष शान्ति अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेल, जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
तारापुञ्ज रिसोर्ट प्रालि तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर– ७ ले गतवर्षदेखि सञ्चालनमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























