नवलपुर

गैंडाकोटमा होटल मुन स्टार सञ्चालन

Banner

नवलपुर, चैत १४
गैंडाकोट नगरपालिका २ शिलान्यास चोकमा होटल मुन स्टार सञ्चालनमा आएको छ । सफल होटल व्यावसायीका रुपमा परिचित राम गैरी र धुर्व न्यौपानेले होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलको आज शनिबार एक कार्यक्रमकाबीच भव्य उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै ढकालले होटलको सफलताको शुभकामना व्यक्त गर्दै होटलले गुणस्तरीय सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

होटलका सञ्चालक राम गैरीले ५ कठ्ठा जग्गामा ११ करोडको लगानी गरेर होटल सञ्चालनमा ल्याइएको जानकारी दिए । ११ करोड लागतमा जग्गाको मूल्य पनि जोडिएको उनले बताए ।

होटलमा सबै प्रकारका खानाका परिकारहरु उपलब्ध गराउने जानकारी दिँदै उनले सुपथ मूल्यका आकर्षक कोठाहरु पनि रहेको जनाए । होटलमा हाल १६ जनालाई रोजगारी दिइएको उनले बताए ।

स्थानीय जनताको साथ पाउने आशले गैंडाकोटमा होटल खोलेका बताउँदै उनले गैंडाकोटबासीलाई होटलमा सेवा लिन आउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>