चितवन विशेष

चितवनको राप्तीमा युवा संघको १६१ सदस्यीय नगर कमिटी, संयोजकमा सेढाई

Banner

चितवन,चैत १४-

राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीको संयोजकमा उत्तम सेढाई चयन हुनुभएको छ । आज भण्डारामा सम्पन्न भेलाले सेढाईको संयोजकत्वमा १६१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कमिटीको सहसंयोजकमा खुस्मा त्रिपाठी, गुणराज श्रेष्ठ, मनिक लामा, संजय श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सचिवमा सोम बहादुर पुनमगर, सहसचिवमा विनोद वर्ताेला, कोषाध्यक्षमा चेमल रुम्बा र सहकोषाध्यक्ष हिरा बहादुर श्रेष्ठ चयन हुनुभएको युवा संघ नेपालका केन्द्रिय सदस्य तथा चितवनका सहसंयोजक शंकर अधिकारीले जानकारी दिनुभयो । भेलाले मोहन लामालाई इन्चार्ज र सहइन्चार्जमा निराज भेटवाललाई जिम्मेवारी प्रदान गरेको छ । भेलाले सवै वडाका वडा कमिटी समेत गठन गरेको छ ।

भेलामा स्वागत मन्तव्यसंगै नव निर्वाचित कमिटीको नामावली युवा संघ नेपालका केन्द्रिय सदस्य केदार आचार्यले घोषणा गर्नुभएको थियो भने चितवन जिल्ला संयोजक शुसिल केसीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार तथा एमाले केन्द्रिय सदस्य जेएन थपलिया,विशिष्ट अतिथिका रुपमा बागमती प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा रहनुभएको थियो ।

कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा वराल,उपप्रमुख इमासिंह लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>