चितवन विशेष
नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधारणसभा

चितवन, चैत ११–
नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुरको होटल ग्लोबलमा बुधबार दबुको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा को समुद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको बताए । उनले समुदायको आवाज उठानका लागि दबुमा आवद्ध पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै सक्रिय भएर लाग्न आग्रह गरे ।
यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले नेपाली पत्रकारिताको दायारा फराकिलो बनाउन समावेशी सहभागिताको अभियान थाल्नुपर्ने धाराण राखे । महासचिव महर्जनले राज्यले भाषा सँस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवार समुदायको भाषा सँस्कृति र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल आदिवासी महासंघ चितवनका सचिव महेन्द्र दुरा, नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सदस्य राजु चौधरी, नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ, थारु पत्रकार संघ, नेपालका केन्द्रीय महासचिव सन्तकुमार चौधरी, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, क्रियाशील महिला पत्रकार मञ्च चितवनकी अध्यक्ष प्रमिता ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























