देश/प्रदेश

पूर्वी चितवनको राप्ती एफ.एमसंग ‘होली’ मनाईदैँ

Banner

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका – ५ भण्डारा स्थित राप्ती एफ.एम. ९०.५ मेगाहर्जले राप्ती “एफ.एमसंग होली” नामक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । एफ.एमले रंगहरुको पर्व फागुपूर्णिमा ९होली० को अवसरमा यही चैत्र १५ गते ९आइतबार०सो कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

एम.के. एस. क्रियसन मिडियाद्धारा सञ्चालित एफ।एमले छोटो समयमा नै विज्ञापनदाता र आम स्रोताहरुमाभm लोकप्रिय बन्दै गएको हुदा फागुपूर्णिमा (होली) को अवसरमा पहिलो औपचारिक कार्यक्रम गर्न लागेको हो । संस्कृति र परम्परालाई जगेर्ना गर्दै यसको महत्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ आयोजना गरिएको सो कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको कार्यक्रम संयोजक सन्देश घलानले जानकारी दिनुभयो ।

उहाले कार्यक्रम मार्फत स्रोताहरुको एफ।एमसंगको सम्बन्ध सुमधुर बनाउनुका साथै एक आपसमा पारस्पारिक सम्बन्ध कायम गर्ने गरि परिचयात्मक कार्यक्रम समेत समावेश गरिएको बताउनुभयो । यस्तै, कार्यक्रम एफ.एमको प्रांगणमा बिहान १० बजेबाट सञ्चालन हुने र पूर्वी चितवनको भण्डारा देखि लोथरसम्म कर्मचारी लगायतको टोलि अन्य टोल तथा चोकमा स्थानीयहरुसंग फागु (रंग )लगाएर एक अर्कामा खु्सी साटासाट गर्ने एफ.एमले जनाएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु, लगायत अन्य स्थानीयहरुको समेत सहभागिता रहने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>