चितवन विशेष
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई स्कुटर चालक युवतीको मृत्यु

चितवन,चैत ७-
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई स्कुटर चालक युवतीको मृत्यु भएको छ । शुक्रबार विहान १०ः४० बजेको समयमा कालिका नगरपालिका–८ भोर्लाघारीस्थित भित्री सडक खण्डमा जुटपानीबाट शक्तिखोर तर्फ जाँदै गरेको वानटेस्ट ट्याक्टरले सोही दिसा तर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक स्थानीय २८ वर्षीया गंगा मगर गम्भिर घाइते भएकी थिइन् ।
उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएकोमा विहान ११ः०५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
यस्तै चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।शुक्रबार दिउँसो १ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१२ केन्द्रिय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङ तर्फ जांदै गरेको बागमती प्रदेश ०३००१ क ०१९७ नम्बरको ट्रकले सोही दिशा तर्फ गई रहेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई पछाडी बाट ठक्कर दिएको थियो ।
ठक्करबाट नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा उनको दिउँसो २ः०२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फाइल तस्विर


























