कालिका

चितवनमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Banner

चितवन, चैत ६–

चितवनमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज (शुक्रबार) विहान १०ः४० बजेको समयमा कालिका नगरपालिका–८ भोर्लाघारीस्थित भित्री सडक खण्डमा जुटपानीबाट शक्तिखोर तर्फ जाँदै गरेको वानटेस्ट ट्याक्टरले सोही दिसा तर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक स्थानीय २८ वर्षीया गंगा मगर गम्भिर घाइते भएकी थिइन् ।

उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएकोमा आज विहान ११ः०५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>