चितवन विशेष
मिडिया नेपाल चितवनको अध्यक्षमा समीक्षा पुरी

भरतपुर,चैत ५-
चितवनमा राष्ट्रवादी विचारधारा बोकेका पत्रकारहरुको सहभागितामा मिडिया नेपाल चितवनको पुर्नगठन गरिएको छ । बिहीबार भएको कार्यक्रममा समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय मिडिया नेपाल चितवनको जिल्ला कार्यसमिति निर्माण गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ । सदस्यहरुमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दिपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला बिक रहनुभएको छ । सल्लाहाकारमा दीपक पौडेल रहनुभएको छ ।
वाग्मती प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रिना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति पुनर्गठन भएको हो । गुरुङले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै देशलाई पत्रकार मात्रै नभएर राष्ट्रवादी पत्रकारको खाचो रहेकोमा जोड दिनुभएको थियो । मिडिया नेपालका केन्द्रीय सदस्य शङ्कर निर्देशले सङ्गठनलाई चुस्त दुरुस्त बनाउन क्रियाशील भएर लाग्न सुझाव दिनुभयो ।
राप्रपा प्रदेश सदस्य ज्ञानुजङ्ग लामाले देशको चौथो अङ्ग पत्रकारले सत्य तथ्य समाचार लेखनमा कलम चलाउनुपर्ने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले देशलाई सकारात्मक र नकारात्मक कुन दिशामा लैजाने भन्ने पत्रकारको हातमा हुने बताउनुभयो । सिद्धान्तमा बसेर सकारात्मक भूमिका निर्वाहा बहन गर्नुपर्ने उहाँको भनाइ थियो ।
मिडिया नेपाल चितवनका अध्यक्ष समीक्षा पुरीले मिडिया नेपाललाई मजबुत बनाउँदै राष्ट्रवादी पत्रकार जन्माउनतिर अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो । पत्रकारहरुको पेशागत सुरक्षा, हकहितको संरक्षण, पत्रकारहरुको क्षमता वृद्धि लगायतका काममा मिडिया नेपाल अग्रसर रहेने उहाँको भनाइ थियो ।


























