चितवन विशेष

तरुणहरुलाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा पर्सी चितवन आउँदै

Banner

चितवन, चैत्र ५-

नेपाल तरुण दलले चितवनमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागेको हो । रत्ननगर निपनी स्थित होटल स्टार बैंकटमा विहान साढे ११ बजे कार्यक्रमको उदघाटन हुने भएको छ । सभापति देउवासँगै सहमहामन्त्री प्रकाशशरण महत, कांग्रेस तरुण विभाग संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

भेला अघि विभिन्न जिल्लाबाट सुरु हुने मोटरसाइकल ¥याली चितवन आउने छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाइकल ¥याली सुरु हुने नेपाली कांग्रेस वाग्मती प्रदेश तरुण विभागका सदस्य हेमन्त पाख्रिनले बताए । कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन पूरा भएको पाख्रिनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>