प्रवास

अस्ट्रेलियामा अझै तीन महिना सीमा बन्द, पर्यटक र विद्यार्थी जान नपाउने

Banner

अस्ट्रेलिया,चैत ४-

अस्ट्रेलियाको केन्द्रिय सरकारले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तीन महिना लम्ब्याउने निर्णय गरेको छ। गत वर्षको मार्चदेखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा जुन १७ तारिख सम्म कायम रहने बुधबार अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए। कोरोना भाइरस महामारी र यसको अन्तर्राष्ट्रिय प्रभावका कारण अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको एक वर्ष बितिसकेको छ।

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले ‘मानव जैविक सुरक्षा आपतकालिन अवस्था’ लाई थप लम्ब्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन र यहाँका बासिन्दा विशेष कारण र सरकारको अनुमति बिना विदेश भ्रमणमा जान कम्तीमा पनि आउँदो जुन १७ सम्म नपाउने भएका छन्। यसअघि अस्ट्रेलियन सरकारले मार्च १७ तारिखमा आपतकालिन अवस्थाका अन्त्य हुने जनाए पनि यसलाई १७ जुन सम्मका लागि लम्ब्याएको हो।

विगत एक वर्षदेखि बन्द अन्तर्राष्ट्रिय सिमाका कारण हजारौं अस्ट्रेलियन बासिन्दा एवम् विद्यार्थी र नागरिकहरू विभिन्न मुलुकमा फसिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>