चितवन विशेष

प्रेस चौतारी चितवनको कार्यालय स्थापना

Banner

चितवन,चैत २-

प्रेस चौतारी नेपाल चितवन शाखाको कार्यालय स्थापना गरिएको छ । भरतपुर १० स्थित दुरसञ्चार रोडमा कार्यालय स्थापना गरिएको हो । आज (सोमबार) कार्यालयमा बोर्ड राख्नुका साथै संगठनका गतिविधिका विषयमा छलफल गरिएको शाखा सह-संयोजक कृष्ण आचार्यले जानकारी दिनुभयो ।

प्रेस चौतारी चितवन शाखामा नयाँ संयोजक र सहसंयोजक तोकिएपछि तीब्रताका साथ आफ्ना गतिविधिहरु गरिरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी अबदेखि संस्थागत रुपमा अघि बढ्ने भन्दै आचार्यले चौतारीमा गोलबन्ध रहेका सबैलाई एउटै छाहारी प्रदान गरिने बताउनुभयो । उहाँले आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालय मार्फत हुने जानकारी दिनुभयो । कार्यालय स्थापनासंगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको आचार्यको भनाई छ ।

सो अवसरमा प्रेस चौतारीको वागमती प्रदेश स्तरिय भेलामा जिल्लाबाट सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरिएको थियो । प्रेस चौतारी चितवनको आयोजनामा छिट्टै जिल्ला भेला र बनभोज कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।

सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी, प्रेस संगठनका बागमती प्रदेश सह-संयोजक शिशिर सिंखडा, प्रदेश कमिटी सदस्यहरु तिलक रिमाल, प्रतिमा शिलवाल, रामकान्त पौडेल, लक्ष्मण गौतम, मनोज घिमिरे, शान्ता अधिकारी, अग्रज पत्रकार सुरेश कुमार अधिकारी, नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>