चितवन विशेष
भरतपुरको लंकू धर्मचोकमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

विनय आचार्य
चितवन, चैत १
आयुस आयुर्वेद हस्पिटल प्रालि धर्मचोक लंकूले आज एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर गरेको छ ।
भरतपुर महानगरपालिका–५ मा गरिएको शिविरमा करिब ३४३ सेवाग्राहीले सेवा लिएका छन् । शिविरमा पुरुषभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको हस्पिटल प्रालिका प्रबन्ध निर्देशक अवदुल रहमान मियाले बताए । शिविरमा ९५ प्रतिशत महिला बिरामीले स्वास्थ्य सेवा लिएका छन् । दुई जना आयुर्वेद विशेषज्ञ डाक्टरबाट निःशुल्क स्वास्थ परीक्षण गरिएको शिविरमा मधुमेह रगत जाँच निःशुल्क, हाडजोर्र्नी नशा, बाथरोग, पाइल्स, पिनास, पत्थरी तथा पेटरोग सम्बन्धी जाँच गर्नुका साथै निःशुल्क आर्युेवेदिक औषधि वितरण गरिएको छ ।

शिविरको भरतपुर महानगरपालिका ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले उद्घाटन गरेका थिए । शिविरमा अधिकांश बिरामीमध्ये हाड–जोर्र्नी सम्बन्धी तथा पत्थरी भएका बिरामीहरु आएको हस्पिटल प्रालिका प्रबन्ध निर्देशक अवदुल रहमान मियाले बताए । आयुस आयुर्वेद हस्पिटलले चितवनमा नै सबैभन्दा सुविधा सम्पन्न पञ्चकर्म, थेरापी, फिजियोथेरापी लगायतको आयुर्वेद उपचार गर्दै आएको छ । भरतपुर –५ आधारभूत स्वास्थ्य केन्द्र आनन्दपुर चितवनमा सञ्चालन भएको शिविरमा वडा सदस्य दामोदर सुवेदी संयोजकत्वमा बाकृष्ण तिवारीले कार्यक्रमको अध्यक्षता गरेका थिए । संयोजक तिवारीले भने, ‘एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको छ । जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदतिर आर्कषण घटेको हो ।’
























