चितवन विशेष

भरतपुरमा अष्ट्रेलियन एजुकेशन फेयर : १३० जनाको सहभागिता, भोलि पनि हुने (भिडियोसहित)

Banner

– विनय आचार्य

काठमाडौं, चैत १
एम्स एब्रोड एजुकेशन र पाथ फाइन्डर एजुकेशनको आयोजनामा भरतपुरमा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सुरु गरिएको छ ।

पीटीईमा ८० अंक ल्याएकी मनिका तिवारीले बिरुवामा पानी राखेर फेयरको उद्घाटन गरेकी थिइन् ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्तिलगायतका विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले फेयर आयोजना गरिएको एम्स एब्रोड एजुकेशनका एमडी कृष्ण कंडेलले जानकारी दिए ।

भरतपुरको निको बाल अस्पताल पछाडि रहेको एम्स एब्रोड एजुकेशनको प्राङ्गणमा आयोजित उक्त शैक्षिक मेला भोलिसम्म सञ्चालनमा हुनेछ । आज आइतबार १० बजेबाट सञ्चालनमा ल्याइएको फेयर ५ बजेसम्म जारी थियो । भोलि पुनः १० बजेबाट ५ बजेसम्म मेला सुरु गरिने कंडेलले जानकारी दिए ।

http://

मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ सम्बन्धी जानकारी गराइएको कंडेलले जानकारी थिए ।

आजको मेलामा १३० जना विद्यार्थीको सहभागित रहेको जनाउँदै कंडेलले भोलिको मेलामा अन्य विद्यार्थीहरुलाई पनि उपस्थिति हुन आग्रह गरेका छन् । निःशुल्क रुपमा सञ्चालन गरिएको उक्त फेयरमा धेरै कुराहरु सिक्न पाएको विद्यार्थीहरुले प्रतिक्रिया जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>