अर्थ

एनसीसी बैंकले चितवनका दुग्ध उत्पादक किसानलाई सहुलियतमा ऋण दिने

Banner

चितवन, चैत १
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चितवनका दुग्ध उत्पादक किसान तथा संस्थाहरुलाई सहुलियत दरमा व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा उपलब्ध गराउने भएको छ ।

आइतबार एक कार्यक्रमका बीच चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था र बैंकबीच सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो । सम्झौताको अवधि एक वर्ष कायम गरिएको छ ।

सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य तथा दुग्ध उत्पादक सहकारी संस्थाहरुसँग आवद्ध दुग्ध उत्पादक किसानहरुलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>