खैरहनी
गवै माबिले उचाल्यो खैरहनी नगरस्तरिय रास्ट्रपति रनिङ शिल्ड

चितवन,फागुन २७-
खैरहनी नगरस्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गवै माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण सहित कुल १९ वटा पदक जित्दै गवै माबिले रनिङ शिल्डको उपाधी जितेको हो । गवैले १० स्वर्ण ,४ रजत र ५ कास्य पदक जितेको प्रतियोगिता ब्यबस्थापन समिती संयोजक एवं नगरपालिका सामाजिक बिकास समिती संयोजक मनेजर महतोले जानकारी दिए ।
द्वितीय भएको ग्लो साइन एकाडेमिले कुल २४ वटा पदक प्राप्त गर्न सफल भयो । कठार माबिले तृतीय स्थान हासिल गर्यो । कठारले ६ स्वर्ण,१ रजत र २ कास्य पदक प्राप्त गरेको छ । अघिल्लो बर्ष खैरहनी माबिले रनिङ शिल्डको उपाधी जितेको थियो । प्रतियोगिताको बिजेताहरुलाइ खैरहनी नगर प्रमुख लालमणी चौधरी,उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने लगायतले ट्रफि ,मेडल र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख चौधरीले विद्यार्थीको मानशिक र शारीरिक बिकासका लागि खेलकुद महत्त्वपूर्ण रहने बताए । पढाईका अलवा खेलकुदलाइ पनि संगै लैजानु पर्ने उनको भनाइ थियो । नगरस्तरिय प्रतियोगिताका बिजेता विद्यार्थी र विद्यालयले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।


























