खेलकुद
तेक्वान्दो खेलाडीलाई खैरहनी ९ वडा कार्यालयको सम्मान

चितवन,फागुन २७-
चितवनका दुई जना तेक्वान्दो खेलाडीलाई खैरहनी नगरपालिका ९ वडा कार्यालयले विहीवार सम्मान गरेको छ । पूर्वी चितवन खैरहनी ८ का कृष्ण थापा र राप्ती ८ का सुदिप गिरीलाई सो वडाले तेक्वान्दो सामाग्री प्रदान गर्दै सम्मान गरेको हो । जापानमा सम्पन्न १७ औं वाटा अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा थापा र गिरीले सहभागीता जनाएका थिए । नेपालको प्रतिनिधित्व गर्दै ७४ किलो तौल समुहमा गिरीले रजत पदक तथा ६८ किलो तौल समुहमा थापाले कास्य पदक प्राप्त गरेका थिए ।
खेलाडीहरुको हौसल्ला स्वरुप तेक्वान्दो सामाग्री ( चेस्ट गार्ड र हेड गार्ड ) प्रदान गरिएको खैरहनी ९ का वडाध्यक्ष होमकुमार पुनले वताए । वडाध्यक्ष पुनका अनुसार ३० हजार वरावरको खेल सामाग्री प्रदान गरिएको हो । नवनिर्मित वडा कार्यालयमा खैरहनी नगरपालिका उपमेयर सुनिता थपलिया र वडाध्यक्ष पुनले खेलाडीहरुलाई दोसल्ला ओढाई सामाग्री प्रदान गरेका थिए । सो अवसरमा खेलाडी गिरी र थापाले खेलाडीहरुलाई सरकारले संरक्षण गर्न नसकिरहेको अवस्थामा वडा कार्यालयले गरेको सम्मान प्रति खुसी व्यक्त गर्दै सम्मानले अझ जिम्मेवारी थपेको वताए ।


























