कृषि
चितवनका किसानलाई ५० प्रतिशत अनुदाननमा मकै छोडाउने मेशिन र सुकाउने त्रिपाल
चितवन, फागुन २५
कृषि ज्ञान केन्द्र चितवनले किसानहरुलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेशिन र सुकाउने त्रिपाल हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच केन्द्रले चितवनका १७ वटा कृषि फर्म, समूह तथा सहकारीलगायतका संघसंस्थामा आवद्ध किसानहरुलाई सो समान हस्तानान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमलाल लामिछानेले त्रिपाल हस्तान्तरण गर्दै कर्यक्रमको सुभारम्भ गरेका थिए ।
त्यसपछि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल लगायतले किसान तथा कृषक समूहलाई समान हस्तानान्तरण गरेका थिए । प्रमुख ढकालले मकै छोडाउने दुई वटा ठूलो मेशिन (ट्रयाक्टर अपरेटर), ७ वटा सानो मेशिन (इलेक्ट्रिक मोटर अपरेटर) र ५ सय थान त्रिपाल वितरण गरिएको जानकारी दिए । ५० प्रतिशत कार्यालय र ५० प्रतिशत किसानहरुको लगानी सो समानहरु खरिद गरिएको ढकालले बताए ।
मकै उत्पादन प्रवद्र्धन कार्यक्रम अन्र्तगत चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिका यो कार्यक्रम लागु गरिएको प्रमुख ढकालले जानकारी दिए ।



























