चितवन विशेष

नेपाल बन पैदावार उद्योग व्यवसायी महासंघको अध्यक्षमा चितवनका मास्के निर्विरोध

Banner

चितवन,फागुन २४-

नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघको अध्यक्षमा चितवनका मञ्जिलबाबु मास्के निर्विरोध चयन भएका छन् । काठमाण्डौंमा भएको महासंघको १० औं महाधिवेशन तथा २१ औं बार्षिक साधारण सभाले मास्केलाई आगामी तीन बर्षका लागि अध्यक्ष चयन गरेको हो ।

महासंघको बरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, प्रथम उपाध्यक्षमा भूपेन्द्र चौलागाई, द्धितिय उपाध्यक्षमा राजेन्द्र प्रजापति, तृतिय उपाध्यक्षमा बीरबहादुर बुढाथोकी, महासचिवमा माधवमणी होमागाई, कोषाध्यक्षमा कालिमान खत्री, उपमहासचिवमा रोजिता वस्ती, सहकोषाध्यक्षमा यज्ञप्रसाद उप्रेती चयन भएका छन् । महाधिवेशनमा देशभरका तीन सय जना व्यवासायी प्रतिनिधीका रुपमा सहभागी थिए ।

नवनिर्वाचित अध्यक्ष मास्केले व्यवसायको स्थायित्व एवम् व्यवासयीले भोग्दै आएका विभिन्न समस्याको समाधानका लागि आफूले ठोस कार्ययोजना बनाएर लागु गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>