खैरहनी

चितवनको खैरहनीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Banner

चितवन,फागुन २४-

चितवनको खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (सोमवार)देखी सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नगर उपप्रमुख सुनिता थपलियाले उद्घाटन गरिन् । तीन दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन ८ वटा स्वर्णका खेलहरु भएका छन् । सोमवार १ हजार ५ सय मिटरको छात्र छात्रा दौड,१ सय मिटरको छात्र छात्राको दौड,सटफुट,हाईजम्पका खेल भएका हुन् । प्रतिस्पर्धामा खैरहनी माविले दुई स्वर्ण,माध्यमिक विद्यालय गवैले समान २ स्वर्ण, ग्लो साईन एकाडेमी, कठार मावि, कपिया मावि र जनजीवन माविले समान एक/ एक स्वर्ण पदक प्राप्त गरेका खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतोले जानकारी दिए । भलिवल र कवड्डीका खेल भएपनि फाईनल भएको छैन् ।

पहिलो दिन १ हजार ५ सय मिटर दौडको छात्र तर्फ ग्लोसाईन एकाडेमीका निशान्त पन्त प्रथम,खैरहनी माविका जीतवहादुर स्यानतान द्धितिय र सोही विद्यालयकै रोहन तामाङ तृतिय भए । सोही विधाको छात्रा तर्फ खैरहनी माविकी तृसा चौधरी प्रथम,मावि गवैकी नमुना भण्डारी द्धितिय हुँदा आधारभूत विद्यालय पिद्रहनीकी सिवानी दराईले तृतिय स्थान हासिल गरिन् । छात्र एक सय मिटर दौडमा कठार माविका सोनम लामा प्रथम,कंकाली माविका सुरज श्रेष्ठ द्धितिय र ग्लो साईन एकाडेमीका अनिल सुनार तृतिय भए । एक सय मिटर छात्रा दौडमा मावि गवैकी केसिका सिलवाल प्रथम,जनजीवन माविकी विनिता विक द्धितिय तथा सोही विद्यालयकी सलिना विकले तृतिय स्थान हासिल गरिन् ।

सटफुटमा कपिया माविका आशिस सुनुवार प्रथम,ग्लो साईन एकाडेमीका उत्सव खड्का द्धितिय र खैरहनी माविका रोहन तामाङ तृतिय तथा छात्रा सटफुटमा जनजीवन माविकी सरिता सिन्तान प्रथम,खैरहनी माविकी बविता खड्का द्धितिय र खैरहनी माविकै इसा चौधरी तृतिय भईन् । हाइजम्पको छात्र तर्फ खैरहनी माविका असरफ अली प्रथम,ग्लोसाईन एकाडेमीका निशान्त पन्त द्धितिय र मावि गवैका समिर चौधरी तृतिय भए । छात्रा सटफुटमा मावि गवैकी आयुष्मा चौधरी प्रथम,खैरहनी माविकी कामना महतो द्धितिय र कठार माविकी अभिषा चौधरीले तृतिय स्थान हासिल गरेका छिन् । प्रतियोगिता सुरु हुनु आयोजित मार्चपासमा ओसियन एकाडेमी उत्कृष्ठ हुदै ट्रफी प्राप्त गर्न सफल भयो ।

खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन शत्रमा नगर शिक्षा अधिकारी राजु वानियाँले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल,नेपाली काग्रेश नगर सभापति शशिकुमार खनियाँ,राष्ट्रिय जनता पाटीका नगर अध्यक्ष राजकुमार वर्तौला,वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>