चितवन विशेष

कालिका नारी शक्ति सम्मानबाट चितवनका तीन नारी सम्मानित

Banner

भरतपुर, फागुन २४-

कालिका एफएम तथा कालिका एचडीले समाजसेवामा सक्रिय चितवनका तीन नारीलाई सम्मान गरेको छ । अन्र्तराष्ट्रिय नारी दिवसका दिन आज (सोमबार) कालिका नारी शक्ति सम्मानबाट चितवन मेडिकल कलेजका एसोसियट प्रोफेसर ममता शर्मा न्यौपाने, भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा. नितु अधिकारी र भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छायाँ श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित न्यौपाने असहाय व्यक्ति तथा विपन्न बालबालिकालाई स्वास्थ्य, शिक्षा र हेरचाहमा सक्रिय व्यक्तिका रुपमा चिनिनुहुन्छ । कोभिड त्रासका बेलामा समेत अग्रमोर्चामा रहेर सानो उमेरमै प्रयोगशाला व्यवस्थापनको नेतृत्व सम्हाल्नुभएकी अधिकारी साहसी नारीका रुपमा सम्मानित हुनुभएको छ । आँखा बिरामीको सारथीका रुपमा चिनिनुभएकी श्रेष्ठ आँखा दान अभियानमा सक्रिय हुनुहुन्छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले समाज सेवामा सक्रिय नारीलाई प्रोत्साहन र कामको उच्च मूल्यांकन गर्दै वर्षेनी कालिका मिडियाले सम्मान गरेको बताउनुभयो ।

बागमती प्रदेशका सांसद तथा कालिका मिडियाका निर्देशक रिना गुरुङले हिंसाजन्य गतिविधि नियन्त्रण गर्न बनेका ऐन, कानुन पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । पूर्व संविधानसभा सदस्य विष्णुमाया परियारले महिला अधिकार र हकअधिकार कार्यान्वयनका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो । सम्मानित ३ जनाले कालिका मिडियाले गरेको सम्मानले थपहौसला मिलेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>