खैरहनी

चितवनको खैरहनी नगरपालिकामा मनाईयो महिला दिवस

Banner

चितवन,फागुन २४-

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा खैरहनी नगरपालिकामा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ । सोमवार परेको महिला दिवसको पुर्वसन्ध्यामा आईतवार कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिवक्ता मुकुन्द दाहालले सुरक्षा,रोजगार र कानुनका बारे प्रशिक्षण दिएका थिए । साथै श्रमका कारण महिलामाथि भएका विभेदका बारे जानकारी दिदै प्रशिक्षित गराईएको थियो ।

दिवसका दिन विभिन्न संघसंस्थाले कार्यक्रम गर्ने भएकाले नगरका सवै सरोकारवाला निकाय र महिला संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम गरिएको खैरहनी नगरपालिका महिला तथा वालवालिका शाखा उपप्रमुख विमला रानाभाटले वताईन् । सोमवारनै खैरहनीमा राष्ट्रपति रनिङशिल्ड पनि सुरु हुदैछ । कार्यक्रममा नगरपालिका उपप्रमुख सुनिता थपलियाले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेकी थिईन् ।

सो अवसरमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,सामाजिक विकास समिति संयोजक मनेजर महतो लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,महिला सहकारीका अध्यक्ष एवंम प्रतिनिधीहरु,टोल विकास संस्थाका प्रतिनिधी,लैंगिक हिंसा विरुद्धको मुल प्रवाहीकरणका फोकल पर्सनहरुको उपस्थिती रहेको थियो । नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालिका शाखा उपप्रमुख विमला रानाभाटले स्वागत मन्तव्य राखेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>