चितवन विशेष

राष्ट्रिय नागरिक पार्टीको कार्यकर्ता भेला सम्पन्न, वैकल्पिक पार्टीको रुपमा शसक्त हुने विश्वास

Banner

चितवन, फागुन २३
राष्ट्रिय नागरिक पार्टीले चितवनमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष नवराज घलेलगायत केन्द्रका नेता तथा चितवनका कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालय, भरतपुर १० मा सम्पन्न भएको हो ।

कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष गुरुङ्गले हाम्रो राष्ट्रिय नागरिक पार्टी अब अन्य पार्टीको विकल्पको रुपमा शसक्त भएर आउने बताएका थिए । उनले कार्यकर्ता हरुलाई आग्रह गर्दै सदस्यता विस्तार कार्यलाई तिव्रता दिन आग्रह गरेका थिए ।

गुरुङ्गले आफूहरु देश दौडाहमा रहेको बताउँदै चितवनपछि अन्य जिल्लाहरुमा पनि जाने बताएका थिए । आगामी निर्वाचनमा राष्ट्रिय नागरिक पार्टीले प्रत्यक्षतर्फ पनि सिट ल्याउन सफल हुने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>