चितवन विशेष

प्याब्सन भरतपुरको हाजिरीजवाफः होली भिजन पब्लिक स्कुल प्रथम

Banner

भरतपुर,फागुन २३-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता होली भिजन पब्लिकमा शनिवार सम्पन्न भएको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको हाजिरीजवाफ कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि प्याब्सन चितवनका सचिव मोहन लामाले विद्यार्थीहरुको शैक्षिक विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका हुने भएकोले विद्यालयहरुले यस्ता कार्यक्रमहरुमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

भरतपुर महानगरपालिकाका ३४ वटा विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको छनौट चरणबाट होली भिजन पब्लिक स्कुल,प्रेरणा इङ्लिस स्कुल, ज्ञान दर्शन इङ्लिस स्कुल, जनप्रिय पब्लिक स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल र नारायणी इङ्लिस पब्लिक स्कुल प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम जनप्रिय पब्लिक स्कुल द्वितीय र प्रेरणा इङ्लिस स्कुल तृतीय भएका छन् । कार्यक्रममा होली भिजन पनि पब्लिक स्कुलका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरेका थिए ।

प्याब्सन भरतपुर महानगरपालिकाका कोषाध्यक्ष वेदनिधि अर्यालको सभापतित्वमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक मीनराज बस्ताकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरे,विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>