चितवन विशेष

सगरमाथा मोवाईलको लक्की ड्रः रिजाललाई १५ हजारको मोवाईल उपहार

Banner

चितवन,फागुन २२-

पुर्बी चितवनको रत्ननगर सौराहा चोक स्थित सगरमाथा मोवाईलको मासिक लक्की ड्र मार्फत रत्ननगर ६ कि लक्ष्मी रिजालले स्मार्ट मोबाइल फोन उपहार प्राप्त गरेकी छिन । रिजालले उपहारस्वरूप इन्फिनिक्स कम्पनीको १५ हजार रुपैया बराबरको स्मार्ट फोन जितेकी हुन् । उनले सगरमाथा मोवाईल बाट केहि दिन अघि ९ हजार बराबरको सामासुङको मोवाईल खरिद गरेकी थिइन । सगरमाथा मोवाईलमा शनिबार आयोजित खुल्ला लक्की ड्र मा रिजाल फागुन महिनाको बिजेता बनेकी मोबाइल हाउसका संचालक शंकर पौडेलले जानकारी दिए । बिजेता रिजाललाई पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले स्मार्ट फोन हस्तान्तरण गरे ।

सौराहा चोकको गङ्गा प्लाजामा रहेको सगरमाथा मोवाईलले हरेक महिनाको २२ गते आफ्ना ग्राहक (मोवाईल खरिदकर्ता) हरुलाई विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ । यस अघि रत्ननगर ८ निवासी हेमराज महतोले एम आई फोर के स्मार्ट टिभि, रत्ननगर १ निवासी हर्क बहादुर कार्कीले ओप्पो स्मार्ट फोन उपहार प्राप्त गरिसकेका छन् । यो महिना भरि मोवाईल खरिद गर्ने ग्राहक महानुभावहरुका लागी नया बर्ष बिशेष उपहार प्रदान गरिने सगरमाथा मोवाईलका संचालक शंकर पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>