चितवन विशेष
चितवनमा गैँडाको आक्रमणबाट एक घाइते
०

चितवन, फागुन २१-
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पडरियाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उहाँलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























