चितवन विशेष
नारायणगढको केएल मलमा ५० जनाले गरे रक्तदान
०

चितवन, फागुन २०-
नारायणगढको केएल मलमा भएको खुला रक्तदान कार्यक्रममा आज म५० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रम लायन्स क्लब अफ गोल्डेन लेडिज र नारायणी सामाजिक विकास समितिले गरेका हुन् । अनिता श्रेष्ठ अधिकारी र गौरी खड्काको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लबको जोन पर्सन दुर्गा लक्ष्मी श्रेष्ठ र नारायणी सामाजिक विकास समितिका निवर्तमान अध्यक्ष माला पियाको अतिथिको रुपमा उपस्थिति थियो । दुवै संस्थाका अध्यक्ष अधिकारी र खड्काले कार्यक्रमको महत्वबारे विचार राखेका थिए । रक्तदान कार्यक्रमलाई रमा श्रेष्ठ र सुनिता प्रधानले संयोजन गरेको फस्ट भाइस प्रेसिडेन्ट शोभा बराइलीले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























