चितवन विशेष

भरतपुरको भानु माविमा प्रहरी दुव्र्यवहार भएको भन्दै अनेरास्ववियुको भत्सर्ना(विज्ञप्तिसहित)

Banner

चितवन, फागुन १९-

भरतपुरको पोखरा बसपार्कमा रहेको भानु माविमा विद्यार्थी नेताहरुलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल निकट अनेरास्ववियु चितवनले  भत्सर्ना गरेको छ ।

अनेरास्ववियुका जिल्ला सहसंयोजक बसन्त आचार्यले आज एक विज्ञप्ति प्रेषित गर्दै विद्यालयमा भएको आर्थिक अनियमितता र शुल्क वृद्धिको विरोधमा विद्यार्थीले शान्तिपूर्ण धर्ना बस्दा प्रहरीले दुव्र्यवहार गरेको भन्दै घटनाको भत्सर्ना गरेका हुन् । विज्ञप्तिमा विद्यार्थी नेताहरु दिवस भुसाल, विकास ढकाल, कपिल बन्जारा , प्राविधिक ब्लकका अध्यक्ष सिर्जन दियाली र मुल इकाइ कमिटीका सचिव सुनिल खकुरेलमाथि हतियारसहित प्रहरीले दुव्र्यवहार गरेको जनाइएको छ । आर्थिक अनियमिततामा मुछिएका प्रधानध्यापकले राजीनामा दिँदै सम्बन्धित पक्षले विद्यार्थीको जायज माग पूरा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । प्रचण्ड निकट अनेरास्ववियुले विद्यालयको लेखा शाखा र प्रधानाध्यापकको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>