चितवन विशेष
चितवन प्रहरीले फेला पारेका १०५ बटा मोबाइल सम्बन्धित व्यक्तिलाई प्रदान
०

चितवन,फागुन १९-
जिल्ला प्रहरी कार्यालय चितवनले ३१ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । मंगलबार मात्र प्रहरीले २५ थान मोवाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो ।
हराएको मोबाइल प्राप्त गरेकाहरुले खुसी व्यक्त गर्दै प्रहरीलाई धन्यबाद दिएका थिए । यस आर्थिक बर्षमा मात्र चितवन प्रहरीले ११० थान मोबाइल फेला पारेको छ । जसमा १०५ थान सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























