चितवन विशेष

सभापति देउवा, पौडेल र कोइराला भोलि चितवन आउने

Banner

चितवन, फागुन १८–

नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारी भोलि (बुधबार) चितवन आउने भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला बुधबार चितवन आउन लागेका हुन् ।

पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभाका लागि केन्द्रीय नेताहरु चितवन आउन लागेको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिए ।

श्रद्धाञ्जली सभा स्वर्गीय रानाभाटको निवास रत्ननगर–१४ लौरीघोलमा हुनेछ । कार्यक्रम दिउँसो १२ः३० मा सुरु हुने सभापति श्रेष्ठले जानकारी दिए । स्वर्गीय रानाभाट निधन भएको बुधबार १० दिन पुग्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>