खैरहनी

फेसबुक कम्प्युटरको शाखा पर्सा बजारमा

Banner

चितवन, फागुन १७–

चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आईरहेको फेसबुक कम्प्युटर सप्लायर्सले खैरहनीको पर्सा बजारमा शाखा विस्तार गरेको छ ।

दोश्रो शाखाको रुपमा खैरहनी नगरपालिका–८ स्थित पर्सा वजारमा आफ्नो शाखा विस्तार गरेको हो । विस्तारित शाखाको यही फागुन २० गते उद्घाटन गरिने सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिईयो । पूर्वी चितवनका ग्राहकको माग बमोजिम पर्सा बजारबाट सेवा प्रदान गर्न लागिएको फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राईटर दिलिप कुमार तामाङ्गले जानकारी दिए । पर्सा शाखामा झण्डै १ करोडको लगानी गरिएको उनले बताए । विगत १० वर्षदेखी फेसबुक कम्प्युटर सप्लायर्सले नारायणगढबाट सेवा दिईरहेको छ ।

पर्सा शाखाबाट ल्यापटप, डेस्कटप, प्रिन्टर, सेकेर्युटी डिभाईस, सिसि क्यामेरा, मोवाईल विक्री तथा मर्मत हुने फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राईटर तामाङ्गले बताए । पर्सामा शाखा विस्तारपछि सेवाका लागि नारायणगढ धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनको दावी छ । फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लामा हालसम्म एक सय भन्दा बढी विभिन्न संघसंस्था, कार्यालय तथा स्कुल, कलेज, विश्वविद्यालय, सहकारी संस्था, बैंक, एनजीयो, आईएनजियो लगायत व्यक्तीगत रुपमा पनि गुणस्तरीय सेवा र सुविधा दिईरहेको तामाङ्गले बताए ।

पर्सा शाखा उद्घाटनका अवसरमा पहिलो १० जना ग्राहकलाई विषेश छुटको व्यवस्था रहेको सो अवसरमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा प्रोप्राईटर तामाङ्गले अनलाईनको माध्यमबाट पनि सेवा प्रदान गरिरहेको र पर्सा शाखाबाट पनि सो सुविधा प्रदान हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>