चितवन विशेष

केपी प्रवृत्ति भनेको सामन्तवादी हो: जनार्दन शर्मा

Banner

चितवन, फागुन १६ –

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रवृत्ति भनेको सामन्तवाद रहेको बताएका छन् । शर्माले केपी प्रवृत्तिलाई युवाहरु सबै मिलेर हटाउनुपर्ने समेत भनेका छन् । शर्माले भने, ‘हामी अहिले केपी प्रवृत्तिमा लडिरहेका छौं । यो प्रवृत्ति भनेको सामन्तवादी प्रवृत्ति हो । युवाहरुमा सामन्तवाद त्यती देखिदैन । पार्टी, संस्था, घरपरिवारमा सामन्तवाद हुन्छ । सबै सामन्तवादको विरोधमा हुनुपर्छ ।’

शर्माले चितवनमा समाजवादको यात्रामा युवाहरुको भूमिका भन्ने अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । ओलीले संविधानलाई जनताबाट अलग गर्न खाजेको भने शर्माले यसको विरुद्धमा निरन्तर आन्दोलनमा लाग्नुपर्ने बताए ।

उनले नेतृत्वलाई सम्मान गरेकोले नै सामन्तवाद हुर्केको बताएका छन् । उनले नेतृत्वको खबरदारी र आलोचना गरे मात्रै सामन्तवादको अन्त्य हुने व्यक्त गरे । कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका शर्माले युवाहरुलाई नेतृत्व खोसेर लिनुपर्ने आग्रह गरेका छन् । क्षमता, विचार, दृष्टिकोण, जनसम्बन्ध, जनसमर्थनको आधारबाट नेतृत्व खोसेर लिनुपर्ने शर्माले बताएका छन् ।

कार्यक्रममा सयभन्दा धेरै जना युवाहरुको उपस्थित रहेको थियो ।  युवा नेता दिवाकर श्रेष्ठको अध्यक्षमा कार्यक्रम समापन गरिएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>