चितवन विशेष
डा अधिकारीको जन्मदिनमा विपन्न कोषलाई सहयोग
०

चितवन, फागुन १२-
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गरेका छन् ।
अस्पतालमा आज आयोजित एक कार्यक्रममा उनले अस्पताल विकास समितिको नेतृत्व सम्हालेको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वासुदेव पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अधिकारीले ३६ हजार २५० कोषका लागि हस्तान्तरण गरे । सो अवसरमा उनले विपन्न नागरिकको उपचारमा सधँै लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताए । जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























